रेकर्ड कायम गरेको सुनको भाउ घट्यो

नेपालभ्युज

रेकर्ड कायम गरेको सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved