परराष्ट्रमन्त्री राणा र विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री राणा र विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी  परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

बुधबार भएको  भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री डा राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गरेको बताएकी छन् ।

भ्रमणका क्रममा  उनले यही भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिईन् । त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँगसमेत भेटवार्ता गरेकी थिईन् ।

विदेशमन्त्री जयशंकरको निमन्त्रणामा उनी भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिईन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । उनी बिहीबार स्वदेश फर्कनेछिन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved