काठमाडौं । अगस्ट ५ मा मालीको सरकारले युक्रेनसँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्यो । यस निर्णयसँगै एक युक्रेनी अधिकारीले वाग्नर समूहका भाडाका सैनिक, मालीका विद्रोहीहरू र मालीका सैनिकलाई मार्ने जानकारी दिएको थियो ।
उत्तरका तुआरेग विद्रोहीहरूले जुलाईको अन्त्यमा तीन दिनको युद्धमा कम्तीमा ८४ भाडाका सिपाहीहरू र ४७ माली सैनिकलाई मारेको जिम्मेवारी लिएका थिए, जुन वाग्नरको २०२१ मा साहेल संघर्षमा माली सरकारको पक्षमा विवादास्पद प्रवेशपछि सबैभन्दा ठूलो पराजय थियो ।
जुलाई २९ मा, युक्रेनको सैन्य गुप्तचर एजेन्सी (जियुआर) का प्रवक्ता आन्द्रिय युसोभले सार्वजनिक प्रसारक सुस्पिलनलाई भनेका थिए –माली विद्रोहीहरूले उनीहरूलाई आवश्यक सबै जानकारी प्राप्त गरेका थिए, जसले उनीहरूलाई रूसी युद्ध अपराधीहरू विरुद्धको आफ्नो अपरेशन पूरा गर्न सहयोग पुगेको थियो ।
युसोभले मालिमा पुगेपछि दिएको प्रतिक्रियासँगै युक्रेनी सरकारले घातक विद्रोही आक्रमणमा भूमिका नखेलेको बताउने प्रयास गर्यो, तर माली सरकारले विश्वास गर्न सकेन । माली र यसको सहयोगी नाइजरले, मालीका धेरै जनताको ज्यान जाने आक्रमणमा मित्र राष्ट्रको संलग्नताबारे ‘गहिरो आश्चर्य’ व्यक्त गर्दै, तुरुन्तै युक्रेनी सरकारसँगका सबै सम्बन्धहरू अन्त्य गरे ।
यो अवस्था त्यति बेला सिर्जना भयो कि जब कीभले विश्व मञ्चमा समर्थन जुटाउनका लागि संघर्ष गरिरहेको छ ।
युक्रेन फेब्रबरी २४, २०२२ मा उसको भू–भागमा पूर्ण–स्तरको आक्रमण गरेपछि रुससँग पूर्ण युद्धमा संलग्न भएको छ । दुई वर्षभन्दा बढीको युद्धमा, रुसको आक्रमणले हजारौं युक्रेनीहरूलाई मारेको छ, धेरैलाई घाइते बनाएको छ र लाखौंलाई शरणार्थी बनाएको छ ।
हालसम्म, युक्रेनी सेनाले आफ्नो पश्चिमी सहयोगीहरूको समर्थनमा, रुसको धेरै ठूलो सशस्त्र बललाई निर्णायक विजय घोषणा गर्नबाट रोक्न सफल भएको छ । वास्तवमा, उसले हालै युद्धमा अझ आत्मविश्वासी स्थिति अपनायो र रुसको सीमाभित्र पनि आक्रमणकारी अपरेसनहरू सञ्चालन गर्न थालेको छ । उदाहरणका लागि, अगस्ट १० मा, युक्रेनी सेनाले रुसको कुर्श क्षेत्रका गाउँहरूमा सरकारी संरचनाबाट रूसी झण्डाहरू हटाउँदै गरेको फुटेज सार्वजनिक गरेका छन् ।
पछिल्लो ३० महिनामा, युक्रेनले विश्व नेताहरूलाई रुसको निन्दा गर्न, आफ्नो भू–आकृतिक अखण्डताको अडिग मान्यता र यसको युद्ध प्रयासको समर्थन गर्न आग्रह गर्न कडा परिश्रम गर्दै आएको छ ।
युक्रेनले घातक रूसी साम्राज्यवादबाट जोगिने प्रयास गरिरहेको बेला, यसले अफ्रिकी राष्ट्रहरूबाट उत्साही समर्थन प्राप्त गर्ने अपेक्षा गरिएको थियो । जसले आफ्ना प्रारम्भदेखि नै साम्राज्यवादी आक्रमणको सामना गर्दै आएका छन् । वास्तवमा, अफ्रिकाबाट समर्थन जुटाउन युक्रेनका लागि सजिलो हुनुपथ्र्यो, किनकि रुसको आक्रमण अफ्रिकामा भएका विगतका साम्राज्यवादी आक्रमणहरूको सम्झना गराउँछ । यसले महादेशलाई नै आर्थिक रूपमा ठूलो मूल्य चुकाउन बाध्य बनाएको छ भने धेरै देशहरूलाई उनीहरूको गहुँ ढुवानीका बारेमा चिन्ता छ ।
यद्यपि, युक्रेनले केही वाग्नर भाडाका सिपाहीहरूको उन्मूलनलाई, जसको क्षतिले रूसी युद्ध मिसिनलाई कुनै महत्त्वपूर्ण हानी पुर्याउँदै सम्पूर्ण अफ्रिकी राष्ट्रहरूको समर्थनभन्दा बढी महत्त्वपूर्ण ठानेको जस्तो देखिन्छ । मालीमा सरकारसँग सम्बद्ध रूसी भाडाका सिपाहीहरूसँग लड्ने विद्रोहीहरूलाई सघाएर, युक्रेनले सायद रूसलाई अलि धेरै अपमानित गर्यो, तर आफ्नो युद्धमा कुनै पनि लाभ हासिल गरेन ।
वास्तवमा, मालीका विद्रोहीहरूको लागि आफ्नो खुला समर्थनले विश्व मञ्चमा युक्रेनको विश्वसनीयता गम्भीर रूपमा कमजोर भयो, यसले के देखायो भने यो केवल एक गौरवशाली राष्ट्र होइन, जसले धेरै ठूलो र शक्तिशाली साम्राज्यवादी आक्रमणकारीको सामना गरिरहेको छ, तर एक युद्धरत राष्ट्र हो, जसले आफ्नो शत्रुमाथि जीत हासिल गर्न कुनै पनि मूल्यमा सधैं शक्तिशाली बन्न खोजिरहेको छ । जसमा आफ्नो भूभागदेखि हजारौं माइल टाढाका अन्य राष्ट्रहरूको सुरक्षालाई समेत जोखिममा पारिरहेको छ ।
अफ्रिकी राष्ट्रहरू र क्षेत्रीय संगठनहरू, जसले युक्रेनको महादेशमा कार्यहरूको नजिकबाट निगरानी गर्दै आएका छन् । फेब्रवरीको खुलासापछि त उसका बलहरूले वाग्नरसँग सम्बद्ध र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) मिलिशियासँगको युद्धमा सुडानी सेनालाई समर्थन गरिरहेका छन् । तत्कालै मालीको सार्वभौमिकता र जनताको कल्याणप्रति युक्रेनको स्पष्ट सम्मानको अभावलाई नोट गरेको छ ।
जुलाईको आक्रमणपछि, क्षेत्रीय संस्था ‘इकोवास’ ले मालीमा भएको स्पष्ट युक्रेनी हस्तक्षेपको अप्रत्यक्ष रूपमा निन्दा गरेको छ । मालीलाई २०२२ मा समूहबाट निलम्बन गरिएको भए पनि ‘इकोवास’ बयानमा पश्चिम अफ्रिकाको शान्ति र सुरक्षामा खतरा हुन सक्ने र क्षेत्रलाई हालको भू–राजनीतिक टकरावमा तान्ने कुनै पनि बाह्य हस्तक्षेपको ‘दृढतापूर्वक अस्वीकार एवं निन्दा’ गरेको छ ।
अफ्रिकीहरूले महादेशमा रूसीहरूमाथि युक्रेनी कार्यहरूलाई चासोको रूपमा हेरिरहेका छन् किनकी तिनीहरूलाई शीत युद्धको युग र रुस र संयुक्त राज्य अमेरिकाबीचको प्रतिद्वन्द्वितालाई महादेशमा विस्तार गर्दा तिनीहरूका देशलमा भएको हानीको स्मरण गराएको छ ।
उदाहरणका लागि उनीहरूले कंगोलिज नेता पट्रिस लुमुम्बालाई आफ्नो स्रोत–समृद्ध केन्द्रीय अफ्रिकी राष्ट्रलाई सोभियत संघको नजिक ल्याउने डरले पश्चिमी राष्ट्रहरूले सहयोगी पृथकतावादी विद्रोहीहरूलाई कसरी यातना दिन र मार्न मद्दत गरे भन्ने सम्झन्छन् ।
उनीहरूले यो पनि सम्झन्छन् कि शीत युद्धको प्रतिद्वन्द्विताहरूले अंगोलाका मुक्ति आन्दोलनहरूबीचको शक्ति संघर्षलाई २०–वर्षे गृहयुद्धमा परिणत ग¥यो, जसले एक मिलियन मानिसको ज्यान लियो ।
रुसलाई कमजोर पार्ने प्रयासले अफ्रिकामा भएको हानी स्वीकार गर्दै युक्रेनले अफ्रिकाका नेताहरूलाई आफ्नो पक्षमा आकर्षण गर्न खोजेको देखिन्छ । युक्रेनका प्रतिनिधिहरूले न केवल मालीमा जुलाई आक्रमणको सफलतामा आफ्नो गुप्तचर सहयोग रहेको युसोभको दावीको कडा रूपमा अस्वीकार गर्दै आएछन्, तर अफ्रिकी राज्यहरू र आफ्नो देशबीचको सम्बन्धलाई बलियो बनाउन दिनरात काम गरिरहेका छन् । युक्रेनले हालै महादेशभर नौ नयाँ दूतावास स्थापना गरेको छ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्की यस वर्षको अन्त्यमा महादेशको भ्रमण गर्ने योजना रहेको बताइएको छ ।
यो देख्न बाँकी छ कि मालीमा आफ्ना कार्यहरूको लागि प्राप्त प्रतिकारले युक्रेनलाई अफ्रिकाभर वाग्नर समूह विरुद्धका आफ्ना गुप्तचर र अन्य सैन्य समर्थन गतिविधिहरू कम गर्न प्रोत्साहित गर्नेछ । यो पक्का छ कि रूसलाई कमजोर पार्नको नाममा युक्रेनले अन्य राष्ट्रहरूको सुरक्षा र भौगोलिक अखण्डतालाई कमजोर पार्दै विश्व समुदायको समर्थन जित्न र आफ्नो संघर्षको धार्मिकताको विश्वास दिलाउन सक्दैन ।
आज युक्रेन र ग्लोबल साउथको सम्बन्ध एउटा संगम जस्तो देखिन्छ । यसले या त सबै राष्ट्रहरूको सार्वभौमिकताको सम्मान गर्न सिक्नेछ, मालीसँग माफी माग्नेछ र सबै मित्र राष्ट्रहरूलाई सम्मानित बराबरीका रूपमा व्यवहार गर्ने प्रतिज्ञा गर्नेछ या आफ्नो प्रमुख दुश्मनको उदाहरण पछ्याउनेछ । अन्तर्राष्ट्रिय कानुनको सीमाबाहिर आफ्ना गतिविधि जारी राख्नेछ र विश्वका धेरै भागले अर्को युद्धरत पश्चिमी राज्यको रूपमा चिनिनेछ, जसलाई कहिल्यै मित्रको रूपमा विश्वास गर्न सकिँदैन ।
(अलजजीरामा प्रकाशित लेखको अनुवाद)
Facebook Comment
Comment