नेपाली समाजले प्रदीप गिरीको रिक्तताको महसुस गरिरहेको छ : बस्नेत

नेपालभ्युज

नेपाली समाजले प्रदीप गिरीको रिक्तताको महसुस गरिरहेको छ : बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सचिव शक्तिबहादुर बस्नेतले नेपाली समाजले स्व. प्रदीप गिरीको रिक्तताको महसुस गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

“प्रदीप गिरीजी एउटा नेता मात्रै होइन, पार्टी मात्रै हो, उहाँ त्यहाँबाट बाहिर गएर एउटा समाजवादी चिन्तक पनि हुनुहुन्थ्यो । आज नेपाली समाज जहाँ गइरहेको छ, यहाँ उहाँको रिक्तताको महसुस भइरहेको छ,” उनले भने ।

फरक प्रसङ्गमा बस्नेतले वरिवर्तनअनुसार सामाजिक-आर्थिक अवस्थाहरू नफेरिएको बताए । “हामीले समाधान गर्नुपर्ने विषयहरू धेरै नै छन् । राजनीतिक प्रणालीलाई समावेशी बनायौँ तर, केलाएर हेर्दाखेरि धेरै कमजोरीहरू देख्छौँ,” उनले भने ।

बस्नेतले फेरिएको व्यवस्थाले सही खालको बानी र आचरणको पनि माग गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved