ट्रम्प राष्ट्रपति बने क्याबिनेटमा मस्कको इन्ट्री पक्का

नेपालभ्युज

ट्रम्प राष्ट्रपति बने क्याबिनेटमा मस्कको इन्ट्री पक्का

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई सोधिएको थियो, मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे सोच्नु भएको छ ? जवाफमा ट्रम्पले भने, ‘उनी पूर्णरूपमा तयार भए सम्भव छ ।’

उनले मस्क निकै बुद्धिमान व्यक्ति भएको भन्दै प्रशंसा गरे ।

टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्कले हालै ट्रम्पसँग सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए । सो क्रममा उनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलगायतका धेरै विषयमा कुरा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved