भक्तपुरको घिन्ताङ्घिसी (तस्वीरहरू)

भक्तपुरको घिन्ताङ्घिसी (तस्वीरहरू)

भक्तपुर । गाईजात्रा पर्व सुरु भएको छ । ८ रात ९ दिनसम्म मनाइने यस जात्रा मंगलबारदेखि सुरु भएको हो । जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णाअष्टमीसम्म प्रदर्शन गरिन्छ ।

हरेक वर्ष जनैपूर्णिमा अर्थात् श्रावण शुक्ल पूर्णिमाको दिन साँझ भक्तपुरको दरबारस्क्वायरस्थित तलेजुबाट लठी जुधाएर खेलिने घिन्ताङ्घिसी नाचको प्रदर्शन भएसँगै गाईजात्रा विधवत रुपमा सुरु भएको मानिन्छ । तलेजुबाट निकालिने घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गराइन्छ ।

घिन्ताङ्घिसीको नाच भक्तपुरको गाईजात्राको आकर्षण हो । विभिन्न परिवार तथा टोलले आफ्नो आफ्नो समुहको साथ घिन्ताङ्घिसीको प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्दछन् ।

मृत्यु भएको परिवारको सदस्यको सम्झनामा र उनको वैकुण्ठमा बास होस् भन्ने कामनाका साथ मानिसहरुले गाई वा गाईको प्रतिमा जस्तै- ताहासाँ, डोकोमा बनाएका गाई, स–साना बालबालिकालाई पनि देवी देवताको रुपमा सजाएर नगर परिक्रमा गर्ने क्रममा घिन्ताङ्घिसी पनि लाने चलन रहेको छ ।

गाईजात्रामा २ दर्जन विधाका सयौं प्याखं नाच पनि देखाउने गरिन्छ । यस्तै, भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शनको मूल्याङ्कन गर्न विभिन्न टोलमा मुल्याङ्कन टोली पनि परिचालन गरेको छ । घिताङ्घिसी, माक प्याँखलगायतका विधामा मूल्याङ्कन गरी पशिलमे, दोस्रो र तेस्रौ स्थान प्राप्त गर्ने टोलीलाई पुरस्कृत पनि गरिन्छ ।

भक्तपुरको घिन्ताङ्घिसीमा रमाउनु बिहान देखि नै मानिसहरुको घुइँचो लागेको छ ।

(भक्तपुरको घिन्ताङ्घिसीका केही झलक)

(तस्वीरः एसेन्स श्रेष्ठ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved