अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह

नेपालभ्युज

अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । लम्सालले युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् ।

लम्साल र श्रेष्ठले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह गरेका हुन् । उनीहरूले केही दिनअघि सुनसरी जिल्ला अदालतमा अदालती विवाहसमेत गरिसकेका छन् ।

लम्साल अमेरिका बस्दै आएकी छन् । खासगरी ६० को दशकमा नेपाली चलचित्रमा रुचाइएकी अभिनेत्रीमध्येकी एक लम्सालको यो दोस्रो विवाह हो ।

श्रेष्ठ भने नेपाली कांग्रेसका नेता हुन् । उनी कांग्रेसको बराहक्षेत्र नगर समिति उपसभापति हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved