भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

नेपालभ्युज

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री राणाले सोमबार साँझ हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले

नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् ।

भारतीय विदेशमन्त्री डा एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा आइतबार  भारतको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनीहरुबिच  विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभकारी सहयोगका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल भएको बताइएको छ ।

दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनमा उपलब्ध हुने ऊर्जा क्षेत्रमा सहकार्यमा अभूतपूर्व अवसरहरू रहेको उल्लेख गरेका छन् ।

नेपाल र भारतबीचको सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै राष्ट्रिय क्रिकेट एकेडेमी, बैंगलोरमा हालै नेपाली क्रिकेट टोलीका लागि तालिम प्रदान गर्ने सुविधालाई पनि स्वागत गरिएको भारतीय विदेशमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदान हुने परम्परालाई ध्यानमा राख्दै आएको हो । भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन सहयोगका नयाँ क्षेत्रहरूबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved