रुसी क्षेत्रमा दबाब बढाउँदै युक्रेनी सेना

नेपालभ्युज

रुसी क्षेत्रमा दबाब बढाउँदै युक्रेनी सेना

काठमाडौं । युक्रेनले रुसी क्षेत्रमा आफ्नो अवस्था सबल बनाएर अघि बढिरहेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेना रुसी क्षेत्रमा थप बलियो भएर अगाडि बढेको बताएका हुन् ।

युक्रेनका सैनिक दुई साताअघि रुसी क्षेत्रमा प्रवेश गरेका थिए । दुई वर्ष अघि रुसबाट भएको हमलापछि युक्रेनी सैनिक रुसी क्षेत्रमा प्रवेश गर्न सकेका थिएनन् ।

युक्रेनी सेनाले दैनिक जारी गर्दै आएको आफ्नो प्रतिवेदनमा कुर्स्क क्षेत्रमा अझ अगाडि बढिरहेको जनाएको छ । रुसले भने युक्रेनी सैनिकको यो कदमलाई उक्साहट भनेको छ । उसले जवाफी कारबाहीको चेतावनी पनि दिएको छ ।

टेलिग्राममार्फत दिएको बयानमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘म ती सबै सैनिक र कमाण्डरलाई धन्यवाद दिन्छु, जो रुसमा बन्दी बनाइएका सैनिकलाई लिन गइरहेका छन् र रुसले नियन्त्रणमा लिएका युक्रेनी सैनिक र नागरिकको रिहाइलाई नजिक ल्याइरहेका छन् ।’

युक्रेनले रुसी क्षेत्रका ८० भन्दा बढी बस्तीमा कब्जा गरेको दाबी गरिरहेको छ भने रुसले कुर्स्कका तीन बस्तीबाट युक्रेनी सैनिकलाई भगाएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved