काठमाडौं । हामी खाना पकाउनको लागि भान्सामा ग्यास चुल्होको दैनिक प्रयोग गर्छौँ । खाना पकाएपछि हामी ग्यासलाई दैनिक सफा पनि गर्छौँ । तर, ग्यासको बर्नर सफा गर्न बिर्सन्छौँ । यस कारणले गर्दा बर्नरमा फोहोर जम्छ र यो कालो हुन्छ, जुन धेरै नराम्रो देखिन्छ ।
आज हामी तपाईंलाई ग्यास बर्नर सफा गर्ने सजिला उपायहरू बताउनेछौँ । यी उपायहरूको मद्दतले ग्यास बर्नरको कालोपन तुरुन्तै हट्नेछ । आउनुहोस्, ग्यासलाई चम्काउने उपायहरू जानौँ-
भाडा धुने लिक्विड
बर्नरमा लागेको मैलो कपास वा कपडाले पुछ्नुहोस् । त्यसपछि एक भाँडोमा १ चम्चा भाडा धुने लिक्विड र एक गिलास मनतातो पानी मिसाउनुहोस् । बर्नरलाई यसमा डुबाउनुहोस् । पानी चिसो भएपछि बर्नरलाई निकालेर भाडा माझ्ने जालोले रगडेर सफा गर्नुहोस् । केही मिनेटमै बर्नरको मैलो र कालोपन हटेर चम्किनेछ ।
कागतीको रस र बेकिङ सोडा
पानी तताउनुहोस् र त्यसमा १ चम्चा भाडा माझ्ने लिक्विड र अलिकति सरफ मिसाउनुहोस् । यस पानीमा १ कागतीको रस र १ चम्चा बेकिङ सोडा मिसाउनुहोस् । अब ग्यासको बर्नरलाई यसमा डुबाउनुहोस् र केही समयको लागि राख्नुहोस् । २० मिनेटपछि बर्नरलाई निकालेर पुरानो टूथब्रशले सफा गर्नुहोस् । चाहनुहुन्छ भने फेरि सर्फ लगाएर ब्रशले सफा गर्नुहोस् । केही मिनेटमै कालो बर्नर चम्किनेछ ।
एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगरले पनि ग्यासको बर्नरलाई चम्काउन सकिन्छ । एप्पल साइडर भिनेगरमा बर्नरलाई डुबाउनुहोस् । १५ मिनेटपछि बर्नरलाई निकालेर माथि कागती र बेकिङ सोडा लगाउनुहोस् र टूथब्रशले रगडेर सफा गर्नुहोस् । यसले बर्नरको कालोपन हटेर चम्किनेछ । यी उपायहरू प्रयोग गरेर तपाईंले ग्यास बर्नरलाई सजिलै सफा गर्न सक्नुहुन्छ ।
Facebook Comment
Comment