रास्वपा सह-महामन्त्री आचार्यसँग संसदीय छानबिन समितिले लियो बयान

समितिले आचार्यसँग गोर्खा मिडियामा कार्यरत रहँदा सहकारीको रकम अपचलन भएकोबारे चासो राखेको थियो । गोर्खा मिडियामा काम गरेका कारण यो प्रकरणमा रास्वपाका सह–महामन्त्री आचार्य पनि जोडिएका छन् । 

नेपालभ्युज

रास्वपा सह-महामन्त्री आचार्यसँग संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।

सिंहदरबारस्थित आफ्नै सचिवालयमा बोलाएर समितिले आचार्यसँग बयान लिएको हो । बयानमा आचार्यले रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउ गरेका थिए ।

समितिले आचार्यसँग गोर्खा मिडियामा कार्यरत रहँदा सहकारीको रकम अपचलन भएकोबारे चासो राखेको थियो । आचार्यले यसअघि गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए ।

जीबी राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको ठूलो रकम अपचलन भएपछि सरकारले संसदीय विशेष छानबिन समिति बनाएको छ ।

रकम अपचलनमा रास्वपाका सभापति रवि लामिछाने समेत जोडिएको भन्दै यसअघि केही दलले संसदमा अवरोध गरेपछि संसदीय छानबिन समिति बनेको हो ।

गोर्खा मिडियामा काम गरेका कारण यो प्रकरणमा रास्वपाका सह–महामन्त्री आचार्य पनि जोडिएका छन् ।

०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातमा खुलेको छ ।

आचार्यले सहकारीको रकम गोर्खा मिडियाबाट पनि आफ्नो कम्पनीमा सारेको पाइएको छ । आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’ को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ स्थानान्तरण भएको कागजात संचारमाध्यममा प्रकाशित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved