ग्लोबल आइएमई बैंकका नयाँ सीइओ रेग्मीले सम्हाले कार्यभार

नेपालभ्युज

ग्लोबल आइएमई बैंकका नयाँ सीइओ रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । ग्लोबल आइएमई बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । आइतबार एक कार्यक्रम गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

रेग्मीलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै अध्यक्ष ढकालले अनुभवी व्यक्तिको नेतृत्व हुने भएकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे । कार्यभार सम्हाल्दै सीइओ रेग्मीले बैंकको व्यावसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हित र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताए ।

साथै, बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए । रेग्मी यसअघि ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved