सातौँ विश्व संस्कृत दिवस : उपाध्यायलाई विशेष संस्कृत सम्मान

नेपालभ्युज

सातौँ विश्व संस्कृत दिवस : उपाध्यायलाई विशेष संस्कृत सम्मान

काठमाडौं । सातौँ विश्व संस्कृत दिवस भदौ ३ गते विविध कार्यक्रमका साथ नेपालसहित विश्वभर मनाइने भएको छ । जरोकिलो प्रतिष्ठान नेपालको पहलमा विसं २०७५ सालदेखि मनाउन थालिएको यो दिवस प्रत्येक वर्ष श्रावणी पूर्णिमाको दिन अर्थात् ऋषितर्पणीका दिन मनाइन्छ ।

यस वर्षको मुख्य समारोह समुद्र मनविद्या प्रतिष्ठानको सभाकक्ष, गहनापोखरी, टङ्गाल, काठमाडौँमा दिउँसो २ बजेबाट आयोजना गरिने समारोहका प्रमुख वक्ता एवम् सङ्कल्पकर्ता डा. निर्मलमणि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार संस्कृत दिवसलाई संयुक्त राष्ट्रसङ्घबाट आधिकारिकता प्राप्त गराउने प्रस्ताव प्रस्तुत गरिनेछ ।

नेपालमा यस वर्षको संस्कृत दिवस विभिन्न सङ्घ-संस्थाहरूको सहकार्यमा मनाउन लागिएको छ, जसमा जरोकिलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग लगायतका संस्था रहेका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय स्तरमा पनि सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेशन अफ सनातन धर्मलगायतका सङ्घ-संस्थाहरूले सहकार्य गरिरहेका छन् ।

यस वर्षको विशेष संस्कृत सम्मान प्रा. मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिनेछ । उनले संस्कृत तथा नेपाली भाषाको विकास र सनातन धर्म संस्कृतिको प्रवर्धनमा दशकौँदेखि विशिष्ट योगदान पुर्‍याएका छन् । यसअघि यो सम्मान आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल र प्रा.डा. दीर्घराज घिमिरेलाई प्रदान गरिएको थियो ।

यसै अवसरमा नेपालका सातै प्रदेशको गुरूकुलहरू र अन्य संस्थाहरूको नेतृत्वमा विभिन्न कार्यक्रमहरू पनि गरिनेछ ।  विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक प्रा।डा। माधवप्रसाद पाण्डेयका अनुसार दिवसको समापनसँगै संस्कृत भाषाको महत्त्व र यसको विश्वव्यापी विकासमा निरन्तरता दिइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved