काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुमाथि दमन गर्न नमिल्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षामन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकमाथि एकतर्फी ढंगले दमनचक्र चलाएको आरोप लगाए ।
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकहरुमाथि दमन गर्ने काम गरेको बताए ।
८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आवद्धता त्याग्न लगाए जस्ता कुराहरु सही नभएको उनले बताए । शिक्षक सरकारका शत्रु नभएको र सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले अहिलेको समय अनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाउने उल्लेख गरे ।
Facebook Comment
Comment