विवादित ‘बिस्तराले पोल्यो’पछि शान्तीश्रीको ‘जवानीले पोल्यो’: क्षमायाचनाको २ सातामै फेरि उस्तै शैली

यो गीत अघिल्लो जत्तिको ‘क्याची’ नभए पनि, यसको शैली र प्रस्तुतिले फेरि विवाद निम्त्याउन सक्ने देखिन्छ । शान्तीश्रीको यो कदमले उनको पूर्व प्रतिबद्धता र कलाकारको सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।

नेपालभ्युज

विवादित ‘बिस्तराले पोल्यो’पछि शान्तीश्रीको ‘जवानीले पोल्यो’: क्षमायाचनाको २ सातामै फेरि उस्तै शैली

काठमाडौं । गायिका शान्तीश्री परियारले विवादास्पद ‘बिस्तराले पोल्यो’ गीतका लागि क्षमायाचना गरेको मात्र १५ दिनमै ‘जवानीले पोल्यो’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

यो नयाँ गीत पनि अघिल्लो जस्तै चर्चित बन्दै गएको छ । ‘बिस्तराले पोल्यो’ गीतको विषयवस्तु र प्रस्तुतीकरणमाथि व्यापक आलोचना भएपछि परियारले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको हैसियतले क्षमा माग्दै भविष्यमा सचेत रहने प्रतिबद्धता जनाएकी थिइन् ।

तर, उनको नयाँ गीत ‘जवानीले पोल्यो’ मा पनि पूर्ववत् शैली र प्रस्तुति देखिएको छ । गीतको शब्द, भिडिओ र कोरियोग्राफी अघिल्लो गीतसँग मिल्दोजुल्दो छ ।

मोडल र पहिरन पनि उस्तै छन्, र उत्तिकै आकर्षक नृत्य प्रस्तुत गरिएको छ ।

यद्यपि, यस पटक गीतका रचनाकार, संगीतकार र भिडिओ निर्देशक फरक छन् । गीतका शब्द तुलाराम लामिछानेले लेखेका छन् भने पवन परियारले सङ्गीत दिएका छन् । भिडिओको निर्देशन र कोरियोग्राफी सुरेश पाण्डेले गरेका छन् ।

विश्लेषकहरूका अनुसार यो गीत अघिल्लो जत्तिको ‘क्याची’ नभए पनि, यसको शैली र प्रस्तुतिले फेरि विवाद निम्त्याउन सक्ने देखिन्छ । शान्तीश्रीको यो कदमले उनको पूर्व प्रतिबद्धता र कलाकारको सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved