नेपाली नर्स ममता अमेरिकामा बेपत्ता

नेपालभ्युज

नेपाली नर्स ममता अमेरिकामा बेपत्ता

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यबाट एक नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् ।

२८ वर्षीया ममता काफ्ले बेपत्ता भएकी हुन् । उनी अन्तिम पटक जुलाई ३१ मा मनसास पार्कमा देखिएकी थिइन् । त्यसपछि उनी कसैको सम्पर्क छैनन् ।

मनसास पार्क पुलिस विभागले काफ्लेको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ ।

भर्जिनिया राज्य पुलिसले उनको नाम बेपत्ताको रूपमा प्रविष्ट गरेपछि जासूसहरूले उनको खोजी गर्न जारी राखेको छ । उनी ५ फिट अग्लो, १३२ पाउण्ड, कालो कपाल र खैरो आँखाको रूपमा वर्णन गरिएको छ ।

काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेको एबीसी न्युजले जनाएको छ ।

उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका थिए भने श्रीमान्‌ले ३१ जुलाईमा अन्तिम पटक देखेको बताएका छन् । श्रीमान्‌ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved