गठ्ठाघर दुर्घटना : शहीद महेश कोइरालाका भाइ हुन् ज्यान गुमाउने उत्तम

नेपालभ्युज

गठ्ठाघर दुर्घटना : शहीद महेश कोइरालाका भाइ हुन् ज्यान गुमाउने उत्तम

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाएका उत्तम शहीद महेश कोइरालाका भाइ भएको खुलेको छ ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौंको कपन बस्ने ६५ वर्षका उत्तमको बिहीबार भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएको थियो ।

अहिले उत्तमको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

यता दाजु महेश नेपाली कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए । कांग्रेसको इतिहासमा टिम्मुरबोटे काण्डका रुपमा चिनिने उक्त घटनालाई ओखलढुंगा काण्ड भनेर पनि चिनिन्छ ।

विसं २०३१ पुष १ गते सोलुखुम्बु जिल्लाको तिङ्गला गाउँको टिम्बुरबोटे जङ्गलमा उक्त घटना भएको थियो । सरकारी दमनमा नेपाली कांग्रेसका १३ जना स्वतन्त्र सेनानीको हत्या भएको थियो । १३ जनामध्ये महेश एक थिए ।

राति गुफामा बास बसेको कांग्रेसको मुक्ति सेनालाई घेरा हालेर मारिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved