फुटबल स्टार यमलका बुवामाथि छुरा प्रहार

नेपालभ्युज

फुटबल स्टार यमलका बुवामाथि छुरा प्रहार

काठमाडौं । १७ वर्षीय स्पेनिस फुटबल स्टार लमिन यमलका बुवामाथि चक्कु प्रहार भएको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार मुनिर नासरावीमाथि बुधबार दिउँसो तटीय सहर मातारोमा कार पार्किङमा चक्कु प्रहार भएको बताइएको छ ।

उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था स्थिर रहेको बताइएको छ ।

‘द बिगिनिङ अफ टु लेजेन्ड्स’ : १७ वर्षअघि मेसीको काखमा रहेका यमलको त्यो ऐतिहासिक तस्वीर

दिउँसो कुकुर डुलाउने समयमा आक्रमण गर्ने मानिसहरूसँग नासरावीको झगडा परेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । यस घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved