काठमाडौं । हरेक क्षणको आफ्नै महत्व हुन्छ । कति क्षणमा एउटा कथा हुन्छ । कति क्षणहरू बाँचिन्छ तर, यादमा नहुन सक्छन् । कति क्षणहरूलाई चित्रकला तथा तस्वीरले कैद गर्न सफल भएका हुन्छन् । जुन धेरै वर्षसम्म ताजा रहिरहन्छन् । ऐतिहासिक क्षण याद दिलाउन पर्खिरहन्छन् ।
यस्तै, केही तस्वीरले अहिले चर्चा कमाइरहेका छन् । जसको डोरी अर्टेन्टिनाका कप्तान लिओनल मेसी र स्पेनका उदयमान खेलाडी लमिन यमलसँग जोडिएको छ ।
सन् २००७ मा बार्सिलोनाको क्याम्प नोउमा एउटा च्यारिटी क्यालेन्डर फोटो शुटमा २० वर्षका लिओनल मेसी (Lionel Messi) ले एक शिशुसँग तस्वीर खिचाएका थिए । झन्डै १७ वर्षअगाडि नै मेसीले फुटबलमा पुर्याउन सक्ने छापको यात्रा सुरु भइसकेको थियो ।
यद्यपि, त्यसबेला तस्वीर खिच्ने फोटोग्राफरले पनि सो शिशु अन्तर्राष्ट्रिय फुटबलमा तरंग मचाउनेछन् भनेर कल्पना गरेका थिएनन् होला । सन् २०२४ को यूईएफए यूरो (UEFA Euro 2024) मा स्पेनको अब्बल खेलाडीका रूपमा चर्चा कमाइरहेका लमिन यमल (Lamine Yamal) तीनै शिशु हुन्, जसले मेसीसँग फोटोशुट गर्ने अवसर पाएका थिए ।

यमलका बुबाले सो फोटोशुटको तस्वीरलाई इन्स्टाग्राममा राखेसँगै जगतले बिर्सिएको त्यो फोटोशुट पुनः चर्चाको विषय बनेको छ । उनले ‘द बिगिनिङ अफ टु लेजेन्ड्स’ लेखेर त्यो फोटो राखेका थिए । असोसिएटेड प्रेसका फ्रिलान्स फोटोग्राफर जोन मोनफोर्टले लिएका ती तस्वीरहरू कैद गरेका थिए ।
मटारोमा यूनिसेफले गरेको एउटा चिठ्ठाका कारण नै उनको परिवारले फोटोशुटको त्यो अवसर पाएको थियो । फोटोग्राफर मोनफोर्टले त्यो फोटोशुट सहज नभएको बताए ।
‘मेसी लजालु र इन्ट्रोभर्ट थिए,’मोनफोर्टले भने, ‘मेसी लकर रूमबाट बाहिर आउँदै थिए, अचानक आफूलाई अर्को लकर रूममा पाए । जहाँ प्लास्टिक टब पानीले भरिएको थियो र एक शिशु थियो । उनलाई कसरी बच्चा बोक्ने भन्ने पनि थाहा थिएन ।’
सामाजिक संजालमा त्यो तस्वीर भाईरल हुन थालेपछि मात्र मोनफोर्टले ती शिशु यमल भएको थाहा पाए । तरंग निम्त्याएको त्यो तस्वीरको एउटा भाग हुनु पाउन रोमाञ्चक भएको बताए ।
मेसी जसरी नै यमलले पनि बार्सिलोनासँग जोडिए । बार्सिलोनाका लागि मात्र नभई स्पेनको लिगमा नै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि बने । त्यो फोटोशूट पक्कै पनि एउटा ऐतिहासिक क्षण थियो । तथापी, अबोध अवस्थामा मेसीको काखमा भएका यमलको क्षमतावान् फुटबलरका रूपमा धेरै चर्चा भईरहेको छ ।
यमलको तुलना अर्जेन्टिनाका म्याराडोना र मेसीसँग
जर्मनीका लेजेन्डरी पूर्व खेलाडी लोथर माथाउस (Lothar Matthäus) ले दिग्गज खेलाडीहरूको सूचीमा स्पेनको उदयमान् खेलाडी यमललाई पनि समावेश गरेका छन् । ‘म्याराडोना, मेसी र अब यमल,’ माथाउसले भने ।
यो भनाईले भविष्यमा यमललाई फुटबल जगतले कसरी हेरिरहेको छ भनेर राम्रो उदाहरण प्रस्तुत गरेको छ । यद्यपि, अर्जेन्टिनाको दिग्गज खेलाडीहरूसँगको तुलनाले यमलसँग गरिएको अपेक्षा पनि बढेको देखिन्छ ।
माथाउसले जे भने त्यो यतिकै भने पक्कै हैन । किनभने यूईएफए यूरो २०२४ स्पेनका लागि यमलले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अल्बानियाविरूद्ध यमलको उत्कृष्ट प्रदर्शनले माथाउस प्रभावित भएको देखिन्छ । माथाउसको मुल्याङ्कनलाई प्रश्न गर्ने स्थान पनि कम भएको पाइन्छ ।
केवल १६ वर्ष ३६२ दिनका माथाउसले यूरोको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रूपमा कीर्तिमान बनाईसकेका छन् । आफ्नो जन्मदिनको केवल ३ दिन अगाडि उनले सो कीर्तिमान बनाए । यसअघि सो कीर्तिमान ब्राजिलका लेजेन्डरी फुटबलर पेलेको नाममा थियो ।
फ्रान्सविरूद्धको सेमिफाइनल खेलमा स्पेनलाई पुनः फर्काउन यमलले २१औं मिनेटमा गोल गरेका थिए । बार्सिलोनाका लागि उत्कृष्ट सिजन खेलेका यमलले जर्मनीमा जारी यूरे–२०२४ मा आफ्नो क्षमता देखाउन सफल भइरहेका छन् ।
जर्जिया र जर्मनीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका यमलले मंगलबार राथि स्पेनविरूद्धको सेमिफाइनल खेलमा सन्सनीपूर्ण प्रदर्शन गर्न सफल भए ।
जारी प्रतियोगितमा ३ असिस्टसँगै शट्स र ड्रिबल्सको उत्कृष्ट १० को सुचीमा पनि उनी शीर्ष स्थानमा छन् । अन्य कुनै खेलाडीले यमलले जतिको अवसर वा ठुलो अवसर बनाउन सकेका छैनन् ।
यमल खेल्दै मात्र छैनन् यमल चम्किरहेका छन् । फाइनल नजिकिँँदै छ । यमल ‘यङ प्लेयर अफ द टुर्नामेन्ट’ उपाधिको प्रबल दाबेदारको रूपमा प्रस्तुत भइरहेका छन् ।
यमलले बार्सिलोनका लागि ५१ खेलमा सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका छन् । स्पेनका लागि खेलेको कुल १३ खेल मध्येका ६ खेल प्रमुख प्रतियोगिताका थिए । यूरो यू–१७ मा सहभागी हुँदा यमल केवल १५ वर्षका थिए ।
यमलको प्रदर्शन आश्चर्यजनक नै छ । तथापि, यमल अर्जेन्टिनाका दिग्गज खेलाडीहरूको नजिक पुग्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको लागि भने पर्खनु नै पर्ने स्थिति छ । यद्यपि, यमलले आफ्नो धेरै क्षमता प्रदर्शन गर्न बाँकी भएको देखिन्छ ।
यमलबारे पूर्व प्रशिक्षकको विशलेषण
बार्सिलोनाका एकेडेमीका पूर्व प्रशिक्षक अस्कर लोपेज (Oscar Lopez) ले यमलको क्षमतालाई मेसीसँग तुलना गरेका छन् । उनले यमलजस्तो खेलाडीले कुनै पनि बेला ठूलो छलाङ मार्न सक्ने बताए ।
आफ्नो मेसीसँग एउटै टोलीमा हुँदाको क्षण सम्झिन्दैँ भने, ‘म टीम एमा हुँदा मेसी टीम सीमा थिए । कहिले यू–१९ त कहिले बार्सिलोना सीमा । क्लबले मेसीसँग अद्भुत क्षमता भएको थाहा पायो । यसपश्चात केवल एक दुई महिनामा नै उनले पहिलो टोलीमा स्थान बनाए । उनले जुभिनाईल, बार्सा सी, बार्सा बी हुँदै पहिलो टोलीसम्मको यात्रा केवल ३–४ महिनामा पुरा गरे ।’
यस्तै, क्षमता भएका यमलले पनि आफ्नो यात्रामा तीव्रता देखाउने लोपेजले बताए । उनको प्रदर्शनमा लजिक नदिएपनि आफ्नो क्षमताले चम्किने बताए । लेफ्ट फुट ताथ तीव्र गति नै यमलको बलियो पक्ष भएको उनले बातए ।
यमलको प्रतिभालाई अरू खेलाडीसँग दाज्न आवश्यक नभए पनि देख्दा नै फुटबलमा केही फरक पार्दै खेलाडीमा केही विशेष भएको झल्किने अर्का बार्सिलोनाका पूर्व प्रशिक्षक अल्बर्ट क्याप्लेस (Albert Capellas) ले बताए ।
कम उमेरमा नै सबैको ध्यानाकर्षण गरेका यमलले अब जुलाई १४ मा हुने फाइनलमा इंग्लाण्डविरूद्धको फाइनलमा स्पेनको लागि कसरी खेल्छन् भन्ने कौतहुल्ताको विषय बनेको छ ।
Facebook Comment
Comment