स्पष्टीकरणको जवाफ दिँदै मुकुलले रविलाई भने – थोरै नैतिकता भए राजीनामा दिनु

नेपालभ्युज

स्पष्टीकरणको जवाफ दिँदै मुकुलले रविलाई भने – थोरै नैतिकता भए राजीनामा दिनु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी अध्यक्ष रवि लामिछानेलाई राजीनामा दिन सुझाव दिएका छन् ।

पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले लामिछानेकै कारण पार्टीको छवि धुमिलिएको बताए ।

‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ ।’ उनले भनेका छन्, ‘पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु ।’

आफूले अहिलेसम्म कुनै कुरा पनि झुटो नबोलेको उनको दाबी छ ।

‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’ उनले भने ।

मुकुलले तीन बुँदे प्रतिप्रश्न गर्दै आफूले पार्टी स्थापना भएदेखि नै पार्टीलाई हानि हुने, शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने र पार्टीका नेताहरूमाथि झुटा आरोप लगाउने जस्ता काम नगरेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved