साउदी सुपर कप : उपाधिका लागि अल–हिलाल र अल–नासर भिड्ने

नेपालभ्युज

साउदी सुपर कप : उपाधिका लागि अल–हिलाल र अल–नासर भिड्ने
तस्वीर स्रोतः क्रिस्टियानो रोनाल्डो/फेसबुक

काठमाडौं । साउदी सुपर कपको उपाधिका लागि अल–हिलाल र अल–नासरबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार राति भएको खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै नासरले फाइनलमा स्थान पक्का गरेको हो । नासरका लागि ८औं मिनेटमा आयमन याह्याले गोल गरे । ५७औं मिनेटमा क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo) ले नासरका लागि दोस्रो गोल गरे ।

इन्ज्युरी समयमा मार्सेलो ब्रोजोभिकले रातो कार्ड पाएसँगै नासर १० खेलाडीमा समेटिएको थियो । यसअघि अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै अल–हिलाल फाइनलमा पुगेको थियो ।

साउदी सुपर कपको फाइनल अगस्ट १७ मा हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved