प्रचण्डको गुनासो : माओवादी जनयुद्ध शब्द प्रयोग गर्न किन हिचकिचाएको ?

नेपालभ्युज

प्रचण्डको गुनासो : माओवादी जनयुद्ध शब्द प्रयोग गर्न किन हिचकिचाएको ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूले ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार प्रचण्डले भने, “अहिले पनि नेताहरूले बोल्दा ‘हिंसात्मक द्वन्द्व’ भन्ने गरेको पाइन्छ। ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ ।”

संविधानसभाबाट बनेको संविधानको अनुसूचीमा नै ‘जनयुद्ध’ शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरूको ध्यानाकर्षण गराए ।

प्रचण्डले थपे, “यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरहेका छौं, त्यो सम्भव हुने थिएन ।”

प्रचण्डले संविधान संशोधन वा राजनीतिक स्थिरताको नाममा सीमित वर्ग, क्षेत्र, भूगोल र स्वार्थमा केन्द्रित शासन प्रणाली सञ्चालन गर्न नहुने बताए ।

उनले पछिल्ला राजनीतिक घटनाक्रमले बहुदलीय व्यवस्थालाई दुई दलीय बनाउने प्रयास भइरहेको आशंका व्यक्त गरे । “अहिले सम्माननीय प्रधानमन्त्रीले त्यस्तो होइन, बहुदलीय नै हो भन्नुभयो। त्यो त्यही नै साबित होस् भन्ने मेरो अपेक्षा छ,” प्रचण्डले भने ।

तर उनले ओलीको भनाइलाई लिएर सतर्क रहनुपर्ने आवश्यकता औंल्याए। “अहिले यहाँ सम्माननीय प्रधानमन्त्रीले त्यो होइन, बहुदलीय हो भन्नुभयो । त्यो त्यही नै साबित होस् म त्यही अपेक्षा गर्छु’” उनले भने ।

अन्त्यमा प्रचण्डले एकतामा जोड दिँदै भने, “यो चुनौतीको सामना गर्न एकताबाहेक केही छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved