टीआरसी विधेयकमा भएको सहमति ऐतिहासिक उपलब्धि हो : देउवा

नेपालभ्युज

टीआरसी विधेयकमा भएको सहमति ऐतिहासिक उपलब्धि हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरूपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा सभापति देउवाले संक्रमणकालीन न्यायका सन्दर्भमा राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू सर्वसम्मतिका साथ उपस्थित हुनु आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको बताएका हुन् ।

शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्न गर्नका लागि भएको सहमतिले जटिल कामलाई नेपाली राजनीतिक दलहरू आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।

टीआरसी विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने गर्ने उनले विश्वास व्यक्त गरे ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको भन्दै सभापति देउवाले अन्तिममा विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने समेत बताए ।

विधेयक अघि बढेसंगै एकअर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रर्णाली प्रति सजग हुन आवश्यक रहेको देउवाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved