काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्चले यस मामिलामा सीबीआईलाई नोटिस जारी गरेको छ । साथै, अर्को सुनुवाइ २३ अगस्टमा हुने भएको छ ।
केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई न्यायाधीश सूर्यकान्त र उज्वल भुयनको संयुक्त इजलासले भने, “हामी अन्तरिम जमानत दिइरहेका छैनौं । हामी नोटिस जारी गर्नेछौं ।”
केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो ।
सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्चमा जवाफ पेश गर्नुपर्नेछ ।
केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा गत मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा उनलाई भ्रष्टाचारको मुद्दामा सीबीआईले पक्राउ पनि गरेको थियो ।
Facebook Comment
Comment