काठमाडौं । अमेरिकी सेनाका एक सदस्यले चीनलाई गोप्य दस्तावेज बेचेको आरोप स्वीकार गरेका छन् । अमेरिकी कानून मन्त्रालय (न्याय विभाग) ले यो जानकारी दिएको हो ।
अभियुक्त सैनिक सेनामा विश्लेषकको रूपमा काम गर्दथे ।
एफबीआई र अमेरिकी सेनाको गुप्तचर निकायले गरेको अनुसन्धानपछि सेनाका सर्जेन्ट कोर्बिन शुल्ट्जलाई मार्चमा पक्राउ गरिएको थियो ।
उनीमाथि ४२ हजार अमेरिकी डलर अर्थात् करिब ३५ लाख रुपैयाँमा धेरै संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ ।
यो सम्पूर्ण षड्यन्त्र सन् २०२२ जुनमा सुरु भएको अधिकारीहरूले बताएका छन् । सार्जेन्ट कोर्बिन शुल्ट्जलाई सन् २०२५ जनवरीमा सजाय सुनाइनेछ ।
अदालतका अनुसार शुल्ट्जसँग गोप्य सूचनाहरू पहुँच गर्न सुरक्षा क्लियरेन्स थियो । उनले हङकङमा बस्ने एक व्यक्तिसँग मिलेर यो सूचना चोरेका थिए ।
अदालतको अभिलेख अनुसार हङकङमा बस्ने एक व्यक्तिले शुल्ट्जलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी प्रणालीसँग सम्बन्धित जानकारी सङ्कलन गर्न आग्रह गरेका थिए ।
Facebook Comment
Comment