पाउण्डको मूल्य बढ्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पाउण्डको मूल्य केही बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved