काठमाडौं । इजरायलको हवाई आक्रमणमा परी गाजा सहरमा जन्मिएका नवजात जुम्ल्याहा शिशु मारिएका छन् ।
केटा अस्सर र केटी आय्सेल जन्मेको चार दिन मात्र भएको थियो । ती जुम्ल्याहा शिशुहरूका बाबु महोमद अबु अल–क्वीमसान जन्म दर्ता गराउन स्थानीय सरकारी कार्यालय गएका बेला उनको घर डिडर अल बलाहमा बमबारी भएको थियो ।
उनको घरमा बमबारी भएको खवर छिमेकीले फोनमा सुनाएका थिए । त्यो हवाई आक्रमणले उनकी पत्नी र जुम्ल्याहा बच्चाहरूकी हजुरआमा पनि मारिएका थिए ।
“के भएको हो मलाई थाहा छैन,” उनले भने, “मलाई भनेअनुसार एउटा गोला मेरो घरमा आएर ठाक्किएको थियो ।”
“मैले तिनीहरू जन्मिएको खुशी मनाउने समय पाइन,” उनले थपे ।
गाजा सहरमा हामासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ११५ नवजात शिशु मारिएका छन् ।
एपी समाचार एजेन्सीका अनुसार इजरायल–गाजा युद्धको प्रारम्भिक सातामा गाजा सहर खाली गर्न आदेश दिइएको थियो । इजरायली सेनाको निर्देशनअनुसार गाजा पट्टीको मध्य भागबाट उनीहरूले आश्रय खोजिरहेका थिए ।
सो घटनाबारे इजरायल सेनाको प्रतिक्रिया पर्खिरहेको बिबिसीले जनाएको छ ।
इजरायलले नागरिकहरूलाई हानिनोक्सानी नगर्ने बताउँदै आएको छ भने र उनीहरूले घटनाको आरोप हामासलाई लगाउँदै आएको छ । आवासीय क्षेत्रहरूलाई आश्रयका रूपमा प्रयोग गरेकाले त्यस्ता घटना भएको इजरायली सेनाको आरोप छ ।
तर अधिकारीहरूले व्यक्तिगत रूपमा निशाना बनाइएको टिप्पणी गरेका छन् ।
पछिल्लो केही साता याता गाजाका धेरै आश्रयस्थलहरूमा आक्रमण गरिएको छ ।
शनिबार, गाजा सहरमा प्यालेस्टानीहरूलाई आश्रय दिने स्कूल भवनमा इजरायलले हवाई आक्रमण गर्दा ७० जनाभन्दा बढी मानिस मारिएको एक अस्पतालका निर्देशकले बिबिसीलाई बताएका छन् ।
इजरायलको सैनिक प्रवक्ताले भने, “हमास र इस्लामिक जिहादका सैन्यलाई सुविधा दिने” काम भएको छ । त्यसलाई हामासले अस्वीकार गरेको छ ।
हमासद्वारा नेतृत्व गरिएका बन्दुकधारीहरूले ७ अक्टोबरमा इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० व्यक्तिहरू मरिएको र २५१ जनालाई बन्धकको रूपमा गाजा फर्काएको थियो ।
त्यो आक्रमणले गाजा माथि विशाल इजरायली सैन्य आक्रमण र हालको युद्धलाई प्रेरित गरेको छ ।
गाजा हमासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली अभियानमा ३९ हजार ७९० भन्दा बढी प्यालेस्टेनीहरू मारिएका छन् ।
Facebook Comment
Comment