काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले मंगलबार देशको प्रमुख हिन्दू मन्दिर ढाकेश्वरी मन्दिरको दर्शन गरेका छन् ।
त्यसक्रममा उनले आफू र आफ्ना सहकर्मी देशलाई परिवार जस्तै बनाउन चाहेको बताएका छन् ।
“हामीले देशभरि ठूलो खाडलको बारेमा सुनिरहेका छौं,” उनले भने, ”विमानस्थलमा अवतरण गर्दा मैले बंगलादेशलाई एउटै परिवार बनाउन चाहन्छु भनें । यहाँ परिवारमा कुनै भिन्नता हुनेछैन । हामी बंगलादेशका जनता हौं । बंगलादेशी हुन् । हामी यो सुनिश्चित गर्न चाहन्छौं।”
बंगलादेशको वर्तमान अवस्थालाई उद्धृत गर्दै उनले जनतालाई संयमता अपनाउन अपिल गरेका छन् । यो समयमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
बंगलादेशमा अगस्ट ५ मा पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि भएको अशान्ति र प्रदर्शनपछि अहिले स्थितिमा सुधार आएको दाबी गरिएको छ ।
सोमबार सडकमा ट्राफिक प्रहरी देखिएका छन् । यससँगै प्रहरीहरुले आफ्नो हड्ताल अन्त्य गरेका छन् ।
Facebook Comment
Comment