यूरो बढ्दा डलरको मूल्य स्थिर 

नेपालभ्युज

यूरो बढ्दा डलरको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने यूरोको मूल्य सामान्य बढेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved