काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘नेपाल युवा सम्मेलन २०२४’ आयोजना गरिएको छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’मा केन्द्रित रहँदै सोमबार सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणमा युवाको अहम भूमिका रहने बताए। ‘युवाको विकास र विकासमा युवाको अवधारणलाई मूर्त रुप दिन सकोस भन्ने हार्दिक शुभकामना दिन चाहन्छु, ’पौडेलले भने ।
उनले थप भने, ‘युवा राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक, साथै राष्ट्रको अमुल्य सम्पत्ति हुन। साहस, सृजनशीलता, उत्सुकता एवम् उच्च आत्मविश्वासका कारण यो समुहलाई राष्ट्रिय निर्माणको प्रमुख स्रोत मानिन्छ।’
यस्तै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवाको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन सम्पूर्ण सरोकारवालाहरुको सल्लाह, सुझाव समृद्ध नेपालका लागि युवा र प्रविधिलाई प्रयोग गर्नु पर्ने आत्मभूति भएको बताए।
‘नेपालमा ४२.५६ प्रतिशत युवाको उपस्थिति छ। यो हाम्रो लागि जनशक्ति लाभाङ्शको पनि समय हो। युवा तथा खेलकुद मन्त्रालय र युवा परिषद्ले यो अवसरको प्रयोग गर्न युवालाई प्रविधिसँग जोड्दै सुरक्षित, संरक्षितपूर्ण राष्ट्र निर्माणमा योगदान पुर्याउन प्रयास गर्नु पर्नेमा हामी दृढ रहेका छौँ, ’ मन्त्री चौधरीले बताए।
सृजना क्षमता र साहसको स्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, संचार, खाद्यान्न, शिक्षा, जलवायुलगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविन्तम र सृजनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नु पर्ने अवसर र चुनौती थपिएको मन्त्री चौधरीले बताए।
त्यसैगरी, संयुक्त राष्ट्र संघकी आवासीय संयोजक हाना सिंगर हाम्दीले आफू बस्ने विश्वलाई आकार दिने शक्ति पनि युवामा हुने बताइन्। उनले समावेशिता तथा अवसरले भरिपूर्ण वातावरण बनाउने क्षमता पनि नेपाली युवामा भएको बताइन्।
परिवर्तनको लागि मुख्य युवाको शक्ति, सिर्जनशीलता र आँटको आवश्यक रहेको उनले बताइन्। नेपलामा भएको असिम सम्भावनालाई वास्तविकतामा परिणत गर्न आवश्यक भएको उनले बताइन्।
नेपाली युवामा भएको असिम क्षमतालाई वास्तविकतामा परिणत गर्न उनले ५ सुत्र सुझाएका छन् ।
उनले भनिन्, ‘निर्णय हुने सम्पूर्ण स्थानमा युवाको अर्थपूर्ण सहभागिता, सफलताका लागि आफ्नो क्षमतालाई पूर्ण रुपमा लैजान, नयाँ अर्थतन्त्रको अवसरलाई सदुपयोग गर्ने, हरेक क्षेत्रमा समानतमा जोड दिने र आफ्नो ग्रहको अभिभावक बनेर जलवायु परिवर्तनका लागि न्याय गर्ने जस्ता सुत्रलाई कार्यान्वयन गर्न सके क्षमताअनुरुपको नतिजाप्राप्त गर्न सकिन्छ ।’
Facebook Comment
Comment