पेरिस ओलम्पिक : युफेईले जितिन् सबैभन्दा बढी पदक

नेपालभ्युज

पेरिस ओलम्पिक : युफेईले जितिन् सबैभन्दा बढी पदक

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आइतबार ओलम्पिक खेलकुद समापन भएको छ ।

ओलम्पिक जुलाई २६ देखि सुरु भएको थियो । यस ओलम्पिकमा चीनका झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन् । उनले ६ पदक जितिन् ।

पेरिस ओलम्पिकको वेबसाइटका अनुसार झाङले पौडीमा यी पदक जितेकी हुन् । उनले ५ कास्य र १ रजत पदक जितेकी छन् ।

फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन् । उनले ५ पदक जितेका छन् । लियोन पनि पौडी खेलाडी हुन् । उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन् ।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको जापानले कुल ४५ पदक जितेको छ जसमध्ये २० स्वर्ण छन् । कुनै पदक नपाएका करिब ११४ देश छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved