काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहरी क्षेत्रमा समेत मूल्य स्थिरीकरणका लागि वस्तु तथा सेवा उपलब्ध गराउने जिम्मेवारीलाई अझ समयानुकुल बनाउनुपर्ने बताएका छन् ।
कम्पनीको पाँचौ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कृषि उपज खरिद एवं बिक्री गर्ने जिम्मेवारीलाई प्रभाकारितापूर्वक गर्नुपर्नेमा बताएका हुन् ।
उनले भनेका छन्, “सार्क खाद्य बैंकमा र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा नेपालका तर्फबाट राख्नुपर्ने मौज्दात कायम गर्ने र निजी क्षेत्रले पुर्याउन नसकेको दुर्गम जिल्लामा खाद्यान्न पुर्याउने र किसानको उत्पादनलाई उचित मूल्य प्रदान गर्नु कम्पनीको भूमिका हो ।”
खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने, अत्यावश्यक वस्तु तथा सेवाको माग र आपूर्तिलाई सन्तुलित तुल्याउने उद्देश्यले विसं २०७६ साउन २८ गते कम्पनी स्थापना भएको हो ।
Facebook Comment
Comment