अध्यक्ष प्रचण्ड र विदेश सचिव मिस्रीबीच भेटवार्ता

नेपालभ्युज

अध्यक्ष प्रचण्ड र विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । आइतबार साँझ विदेश सचिव मिस्री र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई देशबिचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल र  प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरेका थिए ।

मिस्री  सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved