भारतीय विदेश सचिव मिश्रीले गरे नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन

नेपालभ्युज

भारतीय विदेश सचिव मिश्रीले गरे नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन

काठमाडौं । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौंस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको भारतीय विदेश सचिव विक्रम मिस्रीले उद्घाटन गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा आज आएका भारतीय विदेश सचिव विक्रम मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आज सो भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved