निर्मला कुर्मी हत्याका अभियुक्तलाई मन्त्री बनाएको भन्दै विरोध प्रदर्शन (तस्वीरहरु) 

निर्मला कुर्मी हत्याका अभियुक्तलाई मन्त्री बनाएको भन्दै विरोध प्रदर्शन (तस्वीरहरु) 

काठमाडौं । निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई प्रदेशमन्त्री नियुक्त गरेको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन र धर्ना र सुरु भएको छ ।

अधिकारकर्मी तथा अभियन्ता रुवी खानको नेतृत्वमा गत शुक्रबारदेखि सुरु भएको धर्नामा सत्ताधारी पार्टी नेपाली कांग्रेसले हत्याको मुख्य अभियुक्त बादसाह कुर्मीलाई लुम्बिनी प्रदेशको बन तथा वातावरणमन्त्री बनाएर संरक्षण गरेको आरोप लगाइएको छ ।

प्रदर्शनकारीहरूले सरकारले बारम्बार अदालतमा मुद्दा लैजाने सहमति गर्दा पनि मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै विरोधका पाँचौँ चरणको आन्दोलन थालेका हुन् ।

उनीहरूको मागमा बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्यासम्बन्धी मुद्दा अदालतमा पुर्‍याउनुपर्ने, र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत छन् ।

प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।



Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved