पेरिस ओलम्पिक : पदक तालिकामा चीन शीर्ष स्थानमा

नेपालभ्युज

पेरिस ओलम्पिक : पदक तालिकामा चीन शीर्ष स्थानमा
तस्वीर स्रोत : रासस

काठमाडौं। चीन पेरिस ओलम्पिक २०२४ को पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

३९ स्वर्ण, २७ रजत र २४ कांस्यसहित ९० पदक जितेको चीन शीर्ष स्थानमा उक्लिएको हो। यसअघि शीर्ष स्थानमा भएको अमेरिका ३८ स्वर्ण, ३२ रजत र ४२ कांस्यसहित १२२ पदक दोस्रो स्थानमा झरेको छ।

१८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित कुल ५० पदक भएको अष्ट्रेलिया भने तेस्रो स्थानमा छ। १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित कुल ४३ पदक जितेको जापान चौथो स्थानमा छ।

१६ स्वर्ण, २४ रजत र २२ कांस्य गरी कुल ६२ पदक जितेको फ्रान्स पाँचौं स्थानमा छ।

पदक तालिका :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved