Dhaka: Bangladesh Hindu community members participate in a protest and block the Shahbagh intersection in Dhaka, Bangladesh, 10 August 2024. Thousands of members of the country's minority Hindu community blocked the Shahbagh intersection to protest attacks on Hindu homes, temples, shops, and various parts of the country after former prime minister Sheikh Hasina had resigned and fled the country amid violent protests over the government's job quota system. The protesters demand immediate action to safeguard their rights and security. (EPA-EFE/MONIRUL ALAM VIA PTI)(PTI08_10_2024_000460A)
काठमाडौं । बङ्गलादेशमा शेख हसीना पदमुक्त भइ देश छोडेपछि हिन्दूहरूमाथि हिंसा लगातार बढिरहेको छ । आज बिहानैदेखि राजधानी ढाकाका मन्दिर जाने बाटो बन्द गरिएको छ । मन्दिर वरपर सेना तैनाथ गरिएको छ ।
यहाँका हिन्दुहरूले रातभर निदाउन नसकेको र आफूहरूमाथि अन्याए भएको बताउँदै आएका छन् । बङ्गलादेशमा अस्थायी सरकार गठन भइसकेको छ । तर, स्थिति अझै तनावपूर्ण छ । राजधानी ढाकाका सडकमा प्रहरी देखिँदैनन् । सेनाले पूर्ण नियन्त्रण लिएको छ ।
त्यहाँका हिन्दू मन्दिरमा भएका हमलाविरुद्ध निरन्तर विरोध प्रदर्शन भइरहेको छ । शनिबार देशभर हिन्दू समुदायले आफूहरूमाथि भइरहेको हिंसा विरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले भनेका छन्– यो देश सबैको हो, यसमा कुनै एक समुदायको अधिकार छैन । यस दौरान, प्रदर्शनकारीले हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारीले चर्को श्वरमा नाराबाजी पनि गरेका थिए । मानिसहरूले भने– “यो देश कुनैको बाउको होइन, यसका लागि हामीले रगत दिएको छौँ, आवश्यकता परे फेरि रगत दिनेछौँ । बङ्गलादेश छोड्ने छैनौँ ।” उनीहरूले हिन्दूहरूमाथि भइरहेको हिंसामा मौन रहने सामाजिक अभियन्ताप्रतिप्रति असन्तोष व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी कनु कुमारको हवालेले भने, “बङ्गलादेशका हिन्दूहरू आफ्नो घर र धार्मिक स्थलको सुरक्षा चाहन्छन् ।”
Facebook Comment
Comment