काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारी ठगी प्रकरण संलग्न चार जना अभियुक्तसँग बयान लिएको छ ।
शनिबार बसेको समितिको ३४ औं बैठकले विभिन्न सहकारीमा आबद्ध रहेका उनीहरुलाई जेलबाट झिकाएर बयान लिइएको समितिका अध्यक्ष सुर्य थापाले जानकारी दिए ।
पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग बयान लिइएको थापाले जनाए ।
लामा र शर्मालाई केन्द्रीय कारागार जगन्नाथ देवलबाट झिकाइएको थियो । यस्तै सुब्बा र केदारनाथलाई नख्खु जेलबाट बैठकमा झिकाइएको थियो । विशेष समितिको कार्यविधिअनुसार उनीहरुसँग बयान लिइएको थापाले बताए ।
Facebook Comment
Comment