एक मन्दिर, जहाँ सम्बन्ध विच्छेदको टुंगो लगाउन पानी नखाई व्रत बसिन्छ

चोभारको ‘आनन्दादि लोकेश्वर मन्दिर’, जसले आफ्नो ऐतिहासिक महत्त्व र रोचक परम्पराका कारण स्थानीय र भक्तजनहरूको ध्यान तानेको छ । यो मन्दिरको विशेषता भनेको, यहाँको वार्षिक जात्रामा श्रीमान् –श्रीमतीले सम्बन्ध विच्छेद् गर्न र नयाँ सम्बन्ध गाँस्नका लागि निर्जला व्रत बस्ने चलन हो ।

नेपालभ्युज

एक मन्दिर, जहाँ सम्बन्ध विच्छेदको टुंगो लगाउन पानी नखाई व्रत बसिन्छ

काठमाडौं । धार्मिक स्थलहरूमा शान्ति, आस्था, र शुभ कार्यका लागि पूजा–आराधना गरिन्छ भन्ने हामी सबैलाई थाहा छ । तर, काठमाडौंको चोभारमा रहेको एउटा मन्दिरमा, सम्बन्ध विच्छेद र नयाँ सम्बन्धको सुरुवातका लागि व्रत बसिन्छ भन्ने कुरा धेरैलाई अचम्म लाग्न सक्छ ।

यहाँ हरेक वर्ष एक विशेष जात्रा आयोजना गरिन्छ, जहाँ भक्तजनहरू सम्बन्धविच्छेदको टुंगो लगाउन र नयाँ सम्बन्ध गाँस्न व्रत बस्छन् ।

चोभारको ‘आनन्दादि लोकेश्वर मन्दिर’, जसले आफ्नो ऐतिहासिक महत्त्व र रोचक परम्पराका कारण स्थानीय र भक्तजनहरूको ध्यान तानेको छ । यो मन्दिरको विशेषता भनेको, यहाँको वार्षिक जात्रामा श्रीमान्–श्रीमतीले सम्बन्ध विच्छेद गर्न र नयाँ सम्बन्ध गाँस्नका लागि निर्जला व्रत बस्ने चलन हो ।

मन्दिरको इतिहास र धार्मिक महत्त्व

यस मन्दिरलाई काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर मानिन्छ । स्थानीय किंवदन्तीहरूका अनुसार, यो मन्दिर बौद्धमार्गी र हिन्दूहरूको लागि एक पवित्र स्थल हो ।

मन्दिरको धार्मिक महत्त्व भनेको यहाँ रहेका क्षितिगर्भ बोधिसत्व, जसलाई हिन्दूहरूले गन्धेश्वर महादेवको रूपमा पूज्छन् । यस क्षेत्रमा बौद्ध र हिन्दू धर्मको समिश्रण देख्न सकिन्छ, जसले यी दुई धर्मलाई एउटै सूत्रमा बाँधेको छ ।

जात्राको अनौठो परम्परा

वि.सं. २०७० मा, चोभारकी एक महिला र सुनाकोटीका एक पुरुषबीचको सम्बन्ध यस मन्दिरमा बसाइने कात्तिक मेलाको क्रममा गाँसियो । कात्तिक मेलाको अन्तिम पाँच दिनको कठोर निर्जला व्रतमा ती पुरुषले आएर व्रत उठाइदिएपछि उनीहरू स्वतः नयाँ सम्बन्धमा बाँधिए ।

यो जात्रा विशेषगरी विवाहिता महिलाहरूको लागि महत्वपूर्ण मानिन्छ । कात्तिक पूर्णिमादेखि मंसिर पूर्णिमासम्म चल्ने यो मेलामा महिलाहरूले आफ्नो इच्छापूर्तिका लागि व्रत बस्छन् । व्रत बस्नुभएका महिलाहरूलाई मंसिर पूर्णिमाको भोलिपल्ट श्रीमान्ले व्रत उठाइदिनुपर्छ । यदि श्रीमान् आएनन् भने, व्रत उठाउने अरू कुनै पुरुष आएमा ती पुरुषसँग महिला विवाहित मानिने परम्परा छ ।

ब्रतको नियम कठोर

मन्दिरको भित्तैभरि थामा, पित्तल र चरेसका थालैथालले ढाकेको, एउटा तले शैलीको मन्दिर, त्यसको ठीकअघि शिखर शैलीको मन्दिर र चारैतिर सत्तलहरूले ढाकेको छ । बौद्धमार्गीहरूको लागि क्षितिगर्भ बोधिसत्व र हिन्दुहरूको लागि गन्धेश्वर महादेवको पवित्र भूमि हो त्यो क्षेत्र ।
त्यो मेलामा बसेर पूजा आराधना गर्नु जो कोहीको लागि पनि सजिलो भने पक्कै छैन । चाहे पुरुष होस् या महिला, सबैले आफ्नो इच्छापूर्तिका लागि व्रत बस्न पाउँछन् । तर यसको नियम आफँैमा कठोर छ ।

कात्तिकको पूर्णिमादेखि मंसिर पूर्णिमासम्म एक महिना मनाइने कात्तिक मेलाको अन्तिम ५ दिन निर्जला व्रत बस्ने गरिन्छ । विधिपूर्वक निर्जला व्रत बसेकी विवाहिता नारी वा पुरुषले मंसिर पूर्णिमाको भोलिपल्ट निर्जला व्रत उठाउने गर्छन् । तर यस्तो व्रतबस्ने अधिकांश महिलाहरू नै हुन्छन् । निर्जला व्रत उठाउने क्रममा यदि श्रीमान् आएनन् भने सम्बन्धविच्छेदको लागि अरू प्रक्रिया चालिरहनु पर्दैन भन्ने मान्यता थियो ।  स्त्रीले सम्बन्ध विच्छेद गर्नुप¥यो श्रीमान्लाई खबरै नगरी व्रत बस्न आउन सक्छिन् ।

स्थानीय भन्छन्, ‘‘यहाँ केवल सम्बन्ध विच्छेद मात्रै होइन, विवाह पनि हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved