दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदियाले पाए सर्वोच्च अदालतबाट जमानत

नेपालभ्युज

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदियाले पाए सर्वोच्च अदालतबाट जमानत

काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई जमानत दिएको छ।

बीबीसीका अनुसार सर्वोच्चले सिसोदियालाई आफ्नो राहदानी बुझाउन भनेको छ । साथै, १० लाख रुपैयाँको ऋणपत्र बुझाउन पनि भनिएको छ ।

यसअघि पनि ट्रायल कोर्ट, हाईकोर्ट र सर्वोच्चमा मनिष सिसोदियाको जमानत याचिका धेरै पटक खारेज भइसकेको थियो ।

सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआई र त्यसपछि ९ मार्चमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो।

सीबीआईले एक विज्ञप्ति जारी गरी सिसोदियालाई दिल्लीको मदिरा नीतिको पालनामा अनियमितता भएको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved