सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम २० अर्बमाथि

नेपालभ्युज

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम २० अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ७० अंकले बढेर २७६६ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

३२२ कम्पनीको २ लाख ९ हजार ९ सय ६५ पटकको कारोबारमा ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये ६ वटा कम्पनी बढ्दा ७ वटा घटेको छ । आज निर्माण र प्रशोधन कम्पनी सर्वाधिक बढेको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । बिहीबार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved