विश्वमा जारी युद्ध अन्त्यको माग गर्दै प्रदर्शन (तस्वीरहरू)

विश्वमा जारी युद्ध अन्त्यको माग गर्दै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज (हर्प्स) ले विश्वमा जारी युद्धको अन्त्य हुनुपर्ने माग राख्दै बिहीबार पुल्चोक स्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय अघि प्रदर्शन गरेको छ।

हर्प्सको केन्द्रीय अध्यक्ष रामकृष्ण बरालको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध तत्काल रोक्ने तर्फ पहल गर्न संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शन पछि हर्प्सले राष्ट्रसङ्घका महासचिव एंटोनियो गुटेरेसलाई विशेष पत्र समेत पठाएका छ।

हर्प्सका अध्यक्ष रामकृष्ण बराल  द्वारा हस्ताक्षरित पत्रमा युद्धले मानव अधिकार, शान्ति तथा न्यायलाई गम्भीर क्षति पुर्‍याउने भन्दै त्यसको विरुद्धमा एकजुट हुनुपर्ने र विश्वभर बढ्दै गएको युद्ध र हिंसात्मक सङ्घर्षले लाखौँ निर्दोष मानिसको जीवन सङ्कटमा पारेको उल्लेख गर्दै त्यसको तुरुन्त अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ।

पत्रमा भनिएको छ, “युद्धका कारणले मानवता र मानव अधिकारका सिद्धान्तहरू उल्लङ्घन भइरहेका छन्। त्यसैले युद्धविरुद्धको अभियानमा संयुक्त राष्ट्रसङ्घले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ।”

हर्प्सले महासचिव गुटेरेसलाई युद्ध अन्त्यका लागि तत्काल प्रभावकारी कदम चाल्न अनुरोध गर्दै आफ्नो संस्था विश्व शान्ति र मानव अधिकारको संरक्षणका लागि सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

तस्वीरहरु:-



 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved