घट्यो जारको पानीको मूल्य

नेपालभ्युज

घट्यो जारको पानीको मूल्य

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने जारको पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ती उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै पानीको मूल्य  ३ रुपैयाँले घटाएको उल्लेख गरेको छ ।

विभागका अनुसार यसअघि (२० लिटर) क्षमता रहेका जार प्रतिगोटाको अधिकतम बिक्री मूल्य ५० रुपैयाँ रहेकोमा घटाएर अहिले ४७ रुपैयाँ र बोतल (१ लि) प्रतिगोटाको अधिकतम बिक्री मूल्य १६ रुपैयाँ पुर्‍याएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७  मा उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved