सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार राति १२ बजेदेखि लागु हुनेगरि प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेका हुन् ।

यो सँगै प्रदेश सरकारलाई अध्यादेश ल्याउने बाटो खुलेको छ । सरकारले तत्काल राजश्व संकलनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले तत्काल बजेट भ्याकुमको अवस्था अन्त्य गर्न राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर अध्यादेश २०८१ ल्याइने जानकारी दिए ।

थापाकाअनुसार आर्थिक मामिला मन्त्रालयले मस्यौदा गरेको उक्त अध्यादेश बुधबार नै मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ । बिहीबार बिहान ९ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गरि प्रमाणिकरणका लागि प्रदेश प्रमुखलाई पठाइने थापाले बताए ।

प्रदेश प्रमुखले अध्यादेश प्रमाणीकरण गरेपछि प्रदेशमा साउन १ गतेदेखि ठप्प रहेको राजश्व संकलनको अवस्था अन्त्य हुनेछ भने राजश्व संकलनको बाटो खुल्नेछ । राजनीतिक समीकरण फेरिएपछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेशमार्फत बजेट ल्याउन खोजेपछि कांग्रेस र एमालेका एक चौथाई प्रदेश सभा सदस्यको मागका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved