काठमाडौं । नेपाल जनप्रशासन संघले ‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । बुधबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
साथै, थापाले दुई लाख रुपैयाँको चेक पनि पाएका छन् । यो सम्मान सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मल्लको स्मृतिमा स्थापना गरेको हो ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालका राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर् याएको योगदानको कदरस्वरूप डा. थापालाई सम्मान गरिएकाे संघले जनाएको छ ।
यसअघि केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व. अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् ।
डा. थापा यो सम्मानबाट सम्मानित हुने २०औं व्यक्ति हुन् ।
Facebook Comment
Comment