काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजार पुरानै लयमा फर्किएको छ । मंगलबार एकै दिन ५ प्रतिशतले घटेको बजार बुधबार भने लयमा फर्किएको हो ।
आज नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५९ दशमलव ६७ को विन्दुमा पुगेको छ । ३३० कम्पनीको २ लाख १२ हजार ६ सय ८१ पटकको कारोबारमा ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १८ दशमलव ९० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ७ दशमलव ५ अंकले बढेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा ५०० अंकले बढेको छ ।
मंगलबार जीवन बीमा सर्वाधिक घटेको थियो । २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा घटेको छ भने ९ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज बोटलर्स नेपाल बालाजु लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् । बुधबार हिमालयन रिइन्स्योरेन्सको कारोबार धेरै भएको छ ।
Facebook Comment
Comment