यी हुन् एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार यात्रुहरू

पर्यटनमन्त्री घटनास्थल पुग्दै

नेपालभ्युज

यी हुन् एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार यात्रुहरू

काठमाडौं । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा पाँच जना सवार रहेको खुलेको छ ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकोप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । त्यसबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।

हेलिकोप्टरमा पड्किएर आगो लागेको स्थानीयले सुनेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

अहिले त्यहाँ चाज जनाको शवसमेत भेटिएको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, “दुई पुरुष, एक महिला र एक जनाको चिन्न नसकिने अवस्थाको शव प्रहरीले निकालेको छ ।”

त्यसतर्फ पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ जाँदैछन् । त्यहाँको अवस्था बुझ्न उनी त्यतातर्फ लागेका हुन् ।

थप सामग्री-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved