हेलिकोप्टरमा आगो लागेर पड्किएको सुनेका थिए स्थानीयले

नेपालभ्युज

हेलिकोप्टरमा आगो लागेर पड्किएको सुनेका थिए स्थानीयले

काठमाडौं । काठमाडौंबाट रसुवाको स्याप्रुबेसीका लागि उडेर शिवपुरीमा दुर्घटना भएको हेलिकोप्टरमा आगो लागेर पड्किएको आवाज स्थानीयले सुनेका थिए ।

क्याप्टेन अरुण मल्लले उडाएको ९ एन एजेडी हेलिकोप्टरमा ४ जना चिनियाँ नागरिक थिए ।

त्यसपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । अहिले चार जनाको शव फेला परिसकेको जनाइएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, “दुई पुरुष, एक महिला र एक जनाको चिन्न नसकिने अवस्थाको शव प्रहरीले निकालेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved