काठमाडौं । अल्जाइमर एक यस्तो रोग हो, जसमा व्यक्ति बिस्तारै आफ्नो मानसिक क्षमता गुमाउन थाल्छ । सामान्य लाग्ने दैनिक कुराहरू बिर्सनु कहिलेकाहीँ बिस्तारै अल्जाइमरको रूप लिन थाल्छ ।
यो रोग प्रायः वृद्धहरूमा हुन्छ तर, यसको लागि जिम्मेवार बानीहरू युवावस्थादेखि नै सुरु हुन्छ ।
दैनिक साना–साना बानीहरूले बिस्तारै मस्तिष्कलाई क्षति पुर्याउन थाल्छ, जसका कारण भविष्यमा अल्जाइमरको खतरा बढ्छ । त्यसैले यी बानीहरूको पहिचान गरेर सुधार गर्नु आवश्यक छ ।
अल्जाइमरबाट बच्न कसरी गर्ने ?
स्वस्थ तौल नियन्त्रण गर्नुहोस्
भागदौडपूर्ण जीवनशैली र खराब खानपानका कारण मानिसहरू छिटो मोटोपनको सिकार भइरहेका छन् । मोटोपनका कारण अल्जाइमरको खतरा बढ्छ । त्यसैले स्वस्थ्य तौल कायम राख्न प्रयास गर्नुहोस् । यसका लागि स्वस्थ आहार र व्यायाम गर्नुहोस् ।
शारीरिक गतिविधि गर्नुहोस्
तपाईं शारीरिक रूपमा सक्रिय रहनुहोस् । दैनिक आधा घण्टा व्यायाम गर्नुहोस् । लिफ्टको सट्टा सिँढीको प्रयोग गर्नुहोस् । छोटो दूरीका लागि पैदल हिँड्नुहोस् वा साइकलको प्रयोग गर्नुहोस् ।
पूरा निद्रा लिनुहोस्
निद्राको कमीका कारण मानसिक क्षमता बिस्तारै कम हुन थाल्छ । त्यसैले दैनिक ७–८ घण्टा निद्रा लिनुहोस् ।
कानको ख्याल राख्नुहोस्
सुनाइको क्षमता प्रभावित हुँदा पनि अल्जाइमरको जोखिम बढ्छ । त्यसैले यदि सुनाइमा कुनै समस्या छ भने तुरुन्त ईएनटी विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । साथै तेज आवाजमा गीतहरू नसुन्नुहोस्, लामो समयसम्म हेडफोनको प्रयोग नगर्नुहोस् । हो हल्लाबाट टाढा रहनुहोस् ।
धूम्रपान नगर्नुहोस्
धूम्रपानले मस्तिष्कलाई धेरै क्षति पुर्याउन । त्यसैले धूम्रपान नगर्नुहोस् । साथै धूम्रपान गर्ने व्यक्तिबाट पनि टाढा रहनुहोस् ।
स्वस्थ आहार
हालैको एक अध्ययनले देखाएको छ कि मेडिटेरेनियन आहार, जसमा तरकारी, फलफूल, अन्न, लीन प्रोटिन, ओमेगा–३ फ्याटी एसिड धेरै मात्रामा हुने र चिनी, नुन, प्रशोधित खाद्य पदार्थहरूको मात्रा कम हुने खानाले अल्जाइमरको खतरा कम हुन्छ । त्यसैले स्वस्थ्य आहार खानुहोस् ।
Facebook Comment
Comment