बाढीपछि कुरूप नदी किनारा (तस्वीरहरू)

बाढीपछि कुरूप नदी किनारा (तस्वीरहरू)

काठमाडौं । बर्खायाम लागे सँगै हरेक वर्ष उपत्यकाका नदीहरूमा बाढी आउने गर्दछ । यो वर्ष पनि तीन वटा ठूला बाढी आइसकेका छन् । अझै आउन बाँकी नै होला ।

हालै आएको बाढीले बागमती लगायत रुद्रमती, विष्णुमती जस्ता बागमतीकासहायक नदी किनारामा ठूलो मात्रामा प्लास्टिकजन्य फोहोर थुपारेको छ, जसले काठमाडौं उपत्यकाका नदी किनाराहरू कुरूप देखिएका छन्।

बाढीले बगाएर ल्याएको फोहोर नदी किनारामा यत्रतत्र छरिएको छ, जसले वातावरणीय समस्या उत्पन्न नगर्ला भन्न सकिन्नँ।

बागमती सफाइ अभियानका लागि भन्दै दर्जन बढी सङ्घसंस्था खुलेका छन्, थुप्रै अभियन्ताहरू सक्रिय छन् । तथापि, बाढीपछि नदी किनारामा छरिएका फोहोरलाई सफा गर्ने तर्फ ती सङ्घसंस्था र अभियान्ताहरुले कुनै ठोस पहल गरेको देखिँदैन ।

सरकारले पनि बागमती सफाइका लागि विभिन्न योजना र कार्यक्रमहरू ल्याएको भएता पनि यस्ता बाढीजन्य फोहोर सफा गर्ने तर्फ खासै ध्यान दिएको देखिँदैन ।

आज यो समाचार तयार पार्न नदी किनार जाँदा थापाथली कालमोचन घाट छेउ केही व्यक्तिहरू बाढीले छाडेको फोहोर सफा गर्दै थिए । तर, उनीहरूले नदीले छाडेको फोहोर टिपेर नदीमा नै फाल्दै थिए।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved